सुनचाँदीको मुल्यमा सामान्य वृद्धि, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनचाँदीको मुल्य बढेको छ । सोमबार प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १०० रुपैयाँले बढेको हो ।

आज प्रतितोला छापावाला सुन एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १८ असार २०८१, मंगलवार ११:४३