एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा,सर्वसाधारणले पनि खरिद गर्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

मुख्य समाचार

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा,सर्वसाधारणले पनि खरिद गर्न पाउने



काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर सर्वसाधारणका लागि विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर संस्थापक सेयरधनी तथा सर्वसाधारण,कम्पनी वा संगठित संस्थाका लागि बिक्री गर्न लागेको हो ।

यसअघि कम्पनीले संस्थापक सेयरधनीका लागि विक्रीमा ल्याएको सेयर तोकिएको समयमा विक्री नभएपछि कम्पनीले सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।

सेयरको मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ । कम्पनीले २२ हजार ७२७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । इच्छुक लगानीकर्ताले असार २३ गते अपरान्ह ३ बजेभित्र कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटलको कार्यालय बालुवाटारमा पुग्ने गरी आवेदन दिनु पर्नेछ ।

प्रकाशित : १७ असार २०८१, सोमबार १२:२३