महिला लघुवित्तकाे संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

मुख्य समाचार

महिला लघुवित्तकाे संस्थापक सेयर बिक्रीमा



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको एक लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । सेयर खरिदका लागि जो कोहि व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ । उक्त परिमाणको सेयर खरिद गर्न न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको लेखनाथ मार्ग,ठमेलस्थित कार्यालयमा पुग्ने गरी बोलपत्र आवेदन पेश गर्नु पर्नेछ । इच्छुक लगानीकर्ताले आगामी साउन ८ गते दिउँसो ३ बजेभित्र आवेदन दिनुपर्नेछ।

प्रकाशित : १७ असार २०८१, सोमबार १२:१७