सुनको मुल्य बढ्याे, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थतन्त्र

सुनको मुल्य बढ्याे, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सोमबार सुनको मुल्य बढेको छ । आइतबार प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा दुई सय रुपैयाँले बढेको हो ।

आज प्रतितोला छापावाला सुन एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १७ असार २०८१, सोमबार १२:०२