सुदुरपश्चिम प्रदेशमा १० वटा सहकारी नमुनाको रुपमा छनौट, पुँजी वृद्धि ४.७६ प्रतिशतले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

सुदुरपश्चिम प्रदेशमा १० वटा सहकारी नमुनाको रुपमा छनौट, पुँजी वृद्धि ४.७६ प्रतिशतले बढ्याे



काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदुरपश्चिम प्रदेशका २०६० सहकारीहरुमध्ये नमूनाको रुपमा छनौट गरिएका १० वटा सहकारीहरुको विस्तृत प्रस्तुत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभागको सहकारी झलक, २०७७ को तथ्याङ्क बमोजिम यस प्रदेशमा रहेका २०६० वटा सहकारीहरु छन् । जसमध्ये नमूनाको रुपमा छनौट गरिएका १० वटा सहकारीहरुको विस्तृत रुपमा अध्ययन गरी तिनीहरुको अवस्था राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।

समीक्षा अवधिमा नमूना छनौटमा परेका १० वटा सहकारीहरुले संकलन गरेको कुल पुँजी गत वर्षको सोही अवधिको तुलनामा ४.७६ प्रतिशतले वृद्धि भई ७० करोड ८० लाख पुगेको छ । गत वर्षको समीक्षा अवधिमा यस्तो पूँजी २३.०७ प्रतिशतले वृद्धि भई ६७ करोड ५८ लाख पुगेको थियो ।

यसैगरी, कुल बचत गत वर्षको समीक्षा अवधिको तुलनामा ११.०३ प्रतिशतले बढ्न गई ५ अर्व २४ करोड २० लाख पुगेको छ । गत वर्षको समीक्षा अवधिमा यस्तो बचत २.७४ प्रतिशतले बढ्न गई रु.४ अर्व ७२ करोड १२ लाख पुगेको थियो । यसैगरी समीक्षा अवधिमा नमूना छनौटमा परेका १० वटा सहकारीहरुले प्रवाह गरेको कुल ऋण गत वर्षको समीक्षा अवधिको तुलनामा ५.२९ प्रतिशतले वृद्धि भई ४ अर्व ६८ करोड २२ लाख पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो ऋण ६.७० प्रतिशतले वृद्धि भई ४ अर्व ४४ करोड ७२ लाख पुगेको थियो ।

समीक्षा अवधिमा छनौट गरिएका सहकारी संस्थाका सदस्यहरुको संख्या ७.१४ प्रतिशत र सहकारी संस्थामा काम गर्ने कर्मचारीको संख्या ४.७१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० को पुस मसान्तमा सदस्य संख्या ११.०५ प्रतिशतले वृद्धि भएको थियो भने कर्मचारी संख्या ८.११ प्रतिशतले घटेको थियो ।

प्रकाशित : १६ असार २०८१, आईतवार १७:०९