कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा,सर्वसाधारणले पनि खरिद गर्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

मुख्य समाचार

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा,सर्वसाधारणले पनि खरिद गर्न पाउने



काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर विक्रि गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको तीन हजार २११ कित्ता संस्थापक सेयर सर्वसाधारण, कम्पनी तथा संस्थाका लागि बिक्री गर्न लागेको हो।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा कम्पनीको केन्द्रीय कार्यालय टंगालमा पुग्ने गरी आवेदन दिनु पर्नेछ ।

सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको सेयरको मूल्य भने तोकिएको छैन ।

प्रकाशित : १६ असार २०८१, आईतवार १२:१०