महानगरपालिकाद्वारा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि दरखास्त आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

मुख्य समाचार

महानगरपालिकाद्वारा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि दरखास्त आह्वान



काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि दरखास्त आह्वान गरेको छ ।

महानगरपालिकाले शुक्रबार सूचना प्रकाशन गर्दै संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई परीक्षा प्रणाली अनुसार छात्रवृत्ति उपलब्ध गराउने बताएको छ ।

ईच्छुक विद्यार्थीहरुले महानगरको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आनलाइन आवेदन भर्ने शुरु मिति असार १५ देखि असार २९ गतेसम्म छ ।

परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक वस्तुगत हुनेछ ।

प्रकाशित : १४ असार २०८१, शुक्रबार १३:१४