शाओमीले ल्यायो अल न्यु-पक्का अल-राउनन्डर रेड्मी १३ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

मुख्य समाचार

शाओमीले ल्यायो अल न्यु-पक्का अल-राउनन्डर रेड्मी १३



काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ लन्च गरेको छ । शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा, र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ । हाइपर ओएस सहितको शाओमीले​ प्रयोगकर्तालाई निर्बाध प्रयोग सुनिश्चित गर्दछ ।

लन्चबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भनिन्, ‘नेपालमा रेड्मी १३ सार्वजनिक गर्न पाउँदा हामी निकै खुशी र उत्साहित भएका छौँ । हामीले हाम्रा ग्राहकहरूलाई गरेको प्रतिबद्धता अनुरुप अत्याधुनिक प्रविधियुक्त फोनहरू ल्याएका छौँ । शक्तिशाली मिडियाटेक हेलियो जी ९१ अल्ट्रा प्रोसेसर, ठूलो ६.७९ इन्चको इमर्सिभ डिस्प्ले, १०८ एमपीको उन्नत क्यामेरा प्रणाली र लामो समयसम्म चल्ने ५,०३० एमएच ब्याट्रीले गर्दा बहुमुखी कार्यसम्पादनको लागि नयाँ बेन्चमार्क सेट गरेको छ । प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधि प्रदान गर्ने शाओमीको प्रतिबद्धतालाई हामीले रेड्मी १३ को साथमा कायम गरेका छौँ ।’

मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसरको साथमा उत्कृष्ट प्रदर्शनः

रेड्मी १३ को मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर र एडभान्स्ड चिपसेटले विभिन्न कार्यहरूलाई सजिलैसँग हेन्डल गर्ने कम्पनीले जनाएको छ । १२ एनएमको चिपमा बनेको यो अक्टाकोर सिपियुमा कोर्टेक्स ए ५५ कोर र हाइ पर्फर्मेन्स कोर्टेक्स ए ७५ कोर भएको हुनाले २।०० गिगाहर्ज सम्मको अधिकतम फ्रिक्वेन्सी दिन्छ । इन्टिग्रेटेड माली जि ५२ एमसी २ जिपियुले गेमिङ र मल्टिमिडिया एपको प्रयोगलाई सहज प्रदर्शन प्रदान गर्नेछ ।

दमदार ६.७९ इन्चको फुल एचडी डिस्प्लेः

रेड्मी १३ को ६.७९ इन्चको फुल एचडी डट डिस्प्ले प्रयोगकर्तालाई दमदार भिजुअल अनुभव प्रदान गर्नेछ । २४६० ८ १०८० पिक्सेलको रिजोल्युसनले जीवन्त कलर अनुभव र डिटेल प्रदान गर्दछ । ९० हर्ज सम्मको रिफ्रेस रेटले स्मुथ स्क्रोलिङ र एनिमेसनहरू सुनिश्चित गर्दछ । साथै लो ब्लु लाइट र फ्ल्यास–रहित डिस्प्लेले मोबाइलको लामो समय प्रयोग पनि सुनिश्चित गर्दछ ।

पर्याप्त स्टोरेज र र्याम विकल्पहरूः

रेड्मी १३ ले विभिन्न प्रयोगकर्ताका आवश्यकताहरू पुरा गर्न विभिन्न स्टोरेज र र्याम कन्फिगरेसनहरू प्रदान गर्दछ । ६ जिबी र्याम १२८ जिबी स्टोरेज र ८ जिबी र्याम २५६ जिबी स्टोरेज सहित विकल्पमा रेड्मी १३ उपलब्ध हुनेछ । यसबाहेक माइक्रोएसडी कार्ड मार्फत १ टिबीसम्म स्टोरेज बढाउन सकिन्छ । त्यसैले प्रयोगकर्ताहरूले स्टोरेजको बारेमा चिन्ता लिनुपर्ने छैन ।

पातलो र स्टाइलिश डिजाइनः

सुन्दरताका साथ डिजाइन गरिएको, रेड्मी १३ समात्न र प्रयोग गर्न निकै सहज हुनेछ । १६८.६ एमएमको हाइट, ७६.२८ एमएम विड्थ र ८.३ एमएम मोटाईको साथ रेड्मी १३ को तौल मात्र २०५ ग्राम छ । यसको डिजाइनले सौन्दर्य र पोर्टेबिलिटी दुवै प्रदान गर्दछ ।

एडभान्स्ड क्यामेरा प्रणालीः

उत्कृष्ट क्यामारा सेटअप सहित रेड्मी १३ बाट उत्कृष्ट फोटो र भिडियो खिच्न सकिन्छ । यसको रियर क्यामेरामा स्यामसङ सुपर–क्लियर आइएसओ सेल एचएम ६ सहितको १०८ मेगापिक्सेलको क्यामारा समावेश रहेको छ । यस मुख्य क्यामेरामा ६ पि लेन्स र १.७५ को एपेरेचर रहन्छ भने २.४ एपेरेचरको २ मेगापिक्सेलको म्याक्रो क्यामारा पनि यस स्मार्टफोनमा उपलब्ध हुन्छ । यो कम्बीनेसनको सहायताले प्रयोगकर्ताहरूले जस्तोसुकै लाइटिङमा पनि क्लोज–अप फोटोहरू लिन सक्नेछन् । साथै फिल्म क्यामेरा, कस्टम फ्रेम, १०८० एमपी मोड, एचडिआर मोड, नाइट मोड, पोर्ट्रेट मोड र टाइम–ल्याप्स जस्ता सुविधाहरूले यस स्मार्टफोनलाई थप उपयोगी बनाउँदछ । साथै यस स्मार्टफोनको ३० एफपिइएसमा १०८० पि एचडी भिडियो मोड र ७२० पि एचडी भिडियो मोडले भिडियोमा रुची राख्नेहरूका लागि थप मजा प्रदान गर्दछ ।

फास्ट चार्जिङ सहित लामो समयसम्म चल्ने ब्याट्रीः
रेड्मी १३ मा ५०३० एमएचको शक्तिशाली ब्याट्री उपलब्ध छ जसले दिगो प्रयोग सुनिश्चित गर्दछ । यसले ३३ वाटका फास्ट चार्जिङ सपोर्ट गर्दछ । साथमा यस स्मार्टफोनले सुविधाजनक टाइप–सी पनि सर्पोट गर्दछ ।

सुरक्षा फिचरहरूः

रेड्मी १३ मा सुरक्षा सुविधालाई प्राथमिकतामा राखिएको छ । साइड फिंगरप्रिन्ट सेन्सरले छिटो र सुरक्षित अनलक सुनिश्चित गर्दछ। साथै एआई फेस अनलकले छिटो र सुरक्षित पहुँचको लागि नयाँ विकल्प प्रदान गर्दछ। यी सुविधाहरूले प्रयोगकर्ताको डेटा र व्यक्तिगत विवरण सुरक्षित रहने कम्पनीले जनाएको छ ।

बजार उपलब्धताः

रेड्मी १३ ६ जिबी १२८ जिबी र ८ जिबी २५६ जिबी भेरियन्टमा मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओशन ब्लू रंगहरूमा उपलब्ध छन् ।

६ जिबी १२८ जिबी र ८ जिबी २५६ जिबी भेरियन्टमका मुल्यहरू क्रमशः रु.१८,९९९ रु. २१,९९९ रहेको छ । रेड्मी १३ असार १३ देखि नेपालभरका सबै एमआई स्टोर र शाओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ ।

प्रकाशित : १४ असार २०८१, शुक्रबार १२:१८