हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त सीईओमा श्रेष्ठ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

बीमा

हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त सीईओमा श्रेष्ठ नियुक्त



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् ।

हिजो दिउँसो बसेको सञ्चालक समितिको बैठकले नायब सीईओ श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव ध्रुबप्रसाद न्यौपानेले जनाएका छन् ।

कम्पनीले कार्यकाल बाँकी छँदै सीईओ बिजयबहादुर शाहलाई आषाढ १३ देखि लागु हुने बिदा गरेको न्यौपानेले उल्लेख गरेका छन् ।

प्रकाशित : १४ असार २०८१, शुक्रबार ११:५३