सुनचाँदीको मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । शुक्रबार सुनचाँदीको मुल्य बढेको छ । बिहिबार प्रतितोला एक लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक हजार रुपैयाँले बढेको हो ।

आज प्रतितोला छापावाला सुन एक लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला एक लाख ४१ हजार १ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १४ असार २०८१, शुक्रबार ११:४६