वैदेशिक रोजगार बीमामार्फत ११ महिनामा उठ्यो पौने तीन अर्बको बीमाशुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

बीमा

वैदेशिक रोजगार बीमामार्फत ११ महिनामा उठ्यो पौने तीन अर्बको बीमाशुल्क



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्ममा वैदेशिक रोजगार बीमालेखबाट दुइ अर्ब ८७ करोड ७७ लाख रुपैयाँको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १० वटा जीवन बीमा कम्पनीले यस अविधमा वैदेशिक रोजगार बीमालेखबाट साे बराबरकाे बीमाशुल्क आर्जन गरेका हुन्।

यो अवधिसम्म बीमा कम्पनीहरुको कुल सक्रिय बीमालेख संख्या २० लाख ६७ हजार ६०३ रहेको छ।

समीक्षा अवधिसम्म वैदेशिक रोजगार बीमालेखबाट सबैभन्दा बढी व्यापार गर्नेमा सन नेपाल लाइफ रहेको छ। यो कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेखबाट ७४ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी दोस्रोमा नेपाल लाइफ रहेको छ। नेपाल लाइफले यो ११ महिनामा वैदेशिक रोजगार बीमालेखबाट ५८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा रहेको आइएमई लाइफले यस बीमालेखबाट ३४ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी जेठसम्म वैदेशिक रोजगार बीमालेखबाट एसियन लाइफले २७ करोड ७० लाख रुपैयाँ, नेसनल लाइफले २५ करोड ४२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १९ करोड २२ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १८ करोड ८१ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १६ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

वैदेशिक रोजगार बीमालेखबाट सिटिजन लाइफले नाै‌ करोड १२ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले तीन करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रकाशित : १२ असार २०८१, बुधबार १३:५५