जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन एक खर्ब ३३ अर्ब माथि, कुनले कति गरे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

बीमा

जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन एक खर्ब ३३ अर्ब माथि, कुनले कति गरे ?



काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले एक खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिरकणको तथ्याङक अनुसार १४ वटा जीबन बीमा कम्पनीहरुले यस अवधिसम्म एक करोड ४० लाख १२ हजार ३०२ वटा बीमा पोलिसी विक्री गरी सो बराबरको बीमा शुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३५ अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १५ अर्ब ९८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले १८ अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।

त्यस्तै, हिमालयन लाइफले १४ अर्ब ६४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ भने सूर्यज्योति लाइफले आठ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

एशियन लाइफले सात अर्ब दुई करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच अर्ब ९५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सिटिजन लाइफले पाँच अर्ब २९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी सानिमा रिलायन्स लाइफले पाँच अर्ब ३२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । मेट लाइफले पाँच अर्ब आठ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । आइएमई लाइफले चार अर्ब चार करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

प्रभु महालक्ष्मी लाइफले तीन अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले तीन अर्ब ६९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सन नेपाल लाइफले तीन अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

प्रकाशित : ११ असार २०८१, मंगलवार १४:०४