मौद्रिक नीतिको आफनै सीमा छ,भविष्यवाणीमा नलागाैः गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मौद्रिक नीतिको आफनै सीमा छ,भविष्यवाणीमा नलागाैः गभर्नर



नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि लचिलो मौद्रिक नीति सार्वजनिक गर्दै छ भन्ने भविष्यवाणी नगर्न आग्रह गरेका हुन् । मौद्रिक नीतिको आफनै सीमा हुने भएकोले सोही सीमा भित्र रहेर सार्वजनिक हुने बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको प्रि मनिटरी पोलिसि डिसकस कार्यक्रममा गभर्नर अधिकारीले भने- ‘मौद्रिक नीति तथ्यांकमा आधारित भएर आउँछ, लचिलो मौद्रिक नीति आउँछ भनेर कसैले पनि भविष्यवाणी नगरौं, तथ्यांक र तथ्यमा आधारित भएर मौद्रिक नीति आउँछ,’ उनले भने ।

प्रकाशित : ११ असार २०८१, मंगलवार १३:१३