धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा महान्यायाधिवक्ताको सुझावले बढायो अन्याैल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थतन्त्र

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा महान्यायाधिवक्ताको सुझावले बढायो अन्याैल



काठमाडाै । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन गठित सिफारिस समितिलाई महान्यायाधिवक्ता कार्यालयले जवाफ दिएको छ । कानुनी रूपमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएकाले समितिले कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने महान्याधिवक्ता कार्यलयको सुझाव छ ।

महान्यायाधिवक्ताको कार्यालयले दिएसँगै अध्यक्ष छनौट समिति झनै अप्ठेरोमा परेको छ । अब छनौट समिति समक्ष उक्त प्रक्रिया नै खारेज गरेर नयाँ प्रक्रिया सुरु गर्ने वा के गर्ने भन्ने अन्योलमा परेको हो ।

अर्थसचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठसहितको कार्यदलले विधि र प्रक्रिया अनुसार सेबोनमा अध्यक्ष सिफारिस गर्न नसक्ने भएपछि थप अप्ठेरोमा पर्न गएको हो ।

बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियाका क्रममा सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाले अन्तर्वार्ता तथा कार्यप्रस्तुति नै दिएनन् । २ जनाले मात्रै अन्तर्वार्ता तथा कार्यप्रस्तुति गरेपछि नियुक्ति प्रक्रिया अवरुद्ध भएको छ ।

प्रकाशित : ११ असार २०८१, मंगलवार ११:५८