निर्जीवन बीमा कम्पनीको व्यवसाय ३६ अर्ब ३२ रुपैयाँ माथि, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

बीमा

निर्जीवन बीमा कम्पनीको व्यवसाय ३६ अर्ब ३२ रुपैयाँ माथि, कुनको कति ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनासम्ममा ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार यी कम्पनीहरुले कुल २६ लाख ८ हजार ७९२ वटा बीमा पोलिसी विक्री गरी सो बराबरको बीमा शुल्क संकलन गरेका हुन्।

यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुलक आर्जन गरेको छ । कम्पनीले यस अवधिमा चार अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा चार अर्ब २९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा तीन अर्ब ६६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन अर्ब २३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले तीन अर्ब २१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले दुई अर्ब ८८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले दुई अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्सले दुई अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी सानिमा जिआइसी इन्स्योरेन्सले दुइ अर्ब २१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले एक अर्ब ७५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले १ अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले एक अर्ब ४० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले एक अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

प्रकाशित : ९ असार २०८१, आईतवार १५:४३