मन्त्री अधिकारीले गरे नापी कार्यालय ललितपुरको अनुगमन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

मन्त्री अधिकारीले गरे नापी कार्यालय ललितपुरको अनुगमन



काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले शुक्रबार नापी कार्यालय ललीतपुरको निरिक्षण गदैं सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्रालय मातहत रहेका कार्यालयहरुको स्तरउन्नती, पुर्वाधारको अवस्था, कर्मचारीको कार्यसम्पादन र सेवाग्राहीसंग संवाद गर्ने उद्देश्यले मन्त्री अधिकारी शुक्रबार दिँउसो नापी कार्यालय ललीतपुरको लगनखेलस्थित कार्यालय पुगेका छन् ।

कार्यालय प्रमुख, कर्मचारीहरु र सेवाग्राहीसंग छलफल गदैं मन्त्री अधिकारीले सेवा प्रवाहलाई डिजिटल प्रविधिसंग जोड्न, कार्यालयबाट प्रवाह हुने सेवा सुबिधा छिटो छरितो तथा प्रभावकारी बनाउन, प्रचलित ऐन कानुनको परिधिभित्र रहेर कार्यसम्पादन गर्न र उपलब्ध स्रोत साधन र जनसक्तिको अधिकत्म प्रयोग गर्न निर्देशन दिए । कार्यालयमा रहेका अभिलेखहरुको संरक्षण गर्नु कर्मचारीहरुको दायित्व रहेको मन्त्री अधिकारीको भनाई छ ।

प्रकाशित : ७ असार २०८१, शुक्रबार १८:१९