सुनको मूल्य स्थिर, चाँदीको कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य स्थिर, चाँदीको कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ। सोमबार प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ४ असार २०८१, मंगलवार ११:३१