स्थापनाको ३५ वर्षमा चण्डेश्वरी साकोस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्थापनाको ३५ वर्षमा चण्डेश्वरी साकोस



काठमाडौं । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था (चण्डेश्वरी साकोस) स्थापनाको ३५ वर्षमा प्रवेश गरेको छ । २०४७ असार २ गते स्थापित चण्डेश्वरी साकोस एशिया स्तरको ब्राण्ड ‘एक्सेस सिल्भर’ प्राप्त संस्था हो ।

बनेपा–८, तीन दोबाटोमा मुख्य कार्यालय रहेको यस संस्थाले एक कार्यक्रमको बीच ३५औं स्थापना दिवस मनाएको छ । संस्थापक सचिव समेत रहेका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्षा बिकास बादे, संस्थाका अध्यक्ष नविन भक्त बादे श्रेष्ठ लगायतको उपस्थितीमा आफ्नो स्थापना दिवस मनाएको हो ।

‘चण्डेश्वरी हजुरको हातमा, हजुरको समृद्धि चण्डेश्वरीको साथमा’ मुल थिमका साथ अघि बढेको चण्डेश्वरी समुदायको पहिलो रोजाईको संस्था हो । समुदायमा आधारित सुरक्षित र दिगो संस्थाको रुपमा चण्डेश्वरी स्थापित छ ।

स्थापना दिवसको अवसरमा संस्थाले सम्पूर्णमा शेयर सदस्य, सञ्चालन सदस्य, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, उप समिति सदस्य, कर्मचारी तथा सम्पूर्णमा शुभकामना व्यक्त गरेको छ ।

२०८० बैशाख समान्त सम्ममा संस्थामा १० हजार १ सय ७१ जना सदस्य आवद्ध भएका छन् । संस्थाको सेयर पुँजी ११ करोड ३८ लाख, जगेडा कोष १३ करोड ७ लाख, कुल सम्पत्ती १ अर्ब ४६ करोड, कुल बचत १ अर्ब ११ करोड, लगानीमा रहेको कर्जा ९८ करोड ९९ लाख, कुल संस्थागत पुँजी १३ करोड ३१ लाख, विभिन्न कोषहरुमा १ करोड १४ लाख रहेको छ । यस अवधिमा संस्थासँग ३७.९७ प्रतिशत तरलता छ ।

प्रकाशित : ३ असार २०८१, सोमबार ०८:४१