सुनको मूल्यमा गिरावट, कति पुग्याे ताेलाकाे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थतन्त्र

सुनको मूल्यमा गिरावट, कति पुग्याे ताेलाकाे ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य चार सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि चार सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ४० हजार ५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ९ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला एक हजार ८०० रुपैयाँ कायम भएको छ

प्रकाशित : ३२ जेष्ठ २०८१, शुक्रबार ११:४५