प्रतिस्पर्धाले हवाई भाडा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रतिस्पर्धाले हवाई भाडा घट्यो



काठमाडौं, १६  चैत । विमान सेवा कम्पनीहरुले सेवा बिस्तार गरेसँगै काठमाडौं–भैरहवा–काठमाडौंको एकतर्फी हवाई भाडादर घटाएका छन् ।

बुद्ध र यति एयरले विमान थपेपछि उक्त क्षेत्रमा उडान भर्ने यात्रुहरुलाई आकर्षित गर्न भाडादर घटाएका हुन् । यसको फाइदा ग्राहकहरुले लिइरहेका छन् । उक्त रुटमा उडान भरिरहेका बुद्ध तथा यती एयरले विमान थपेसँगै भाडादर घटाएका हुन् भने दबाबमा आएर सिम्रिकले पनि घटाएको हो ।

हाल बुद्ध, यती र सिम्रिकले काठमाडौ–भैरहवाको एकतर्फी भाडादर ३ हजार रुपैयाँ कायम गरेका छन् । त्यसमा पनि बुद्धले २६ सम्म लिएर टिकट बिक्री गरिरहेको छ । यसभन्दा अघि उक्त रुटको भाडादर ३ हजार ९०० रुपैयाँ रहेको थियो ।

हाल काठमाडौं–भैरहवामा दैनिक ९ वटा उडान हुने गरेको छ ।

प्रकाशित : १७ चैत्र २०७३, बिहीबार ०४:३०