सुनचाँदीको मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन तोलामा आज छ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलाको पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ३० जेष्ठ २०८१, बुधबार १२:०५