चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंक नाफाको अवस्था कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंक नाफाको अवस्था कस्तो ?



काठमाडाैँ । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले आधा खर्ब खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको विवरण अनुसार २० वटा वाणिज्य बैंकहरुले चालु आवको वैशाख मसान्तसम्म ४८ अर्ब ६० करोड बढी खुद नाफा आर्जन गरेका छन् ।

जसमध्ये सबैभन्दा धेरै नबिल बैंकले धेरै नाफा आर्जन गरेको छ । नबिलले यो अवधिमा ५ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा ग्लोबल आइएमई बैंकले ४ अर्ब १२ करोड र नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यसैगरी, प्राइम कमर्सियल बैंकले ३ अर्ब २२ करोड, एभरेष्ट बैंकले २ अब ९८ करोड र कृषि विकास बैंकले २ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रकाशित : ३० जेष्ठ २०८१, बुधबार १०:५६