चीनसंग आर्थिक पारबहन र वान बेल्ट वान रोडमा गहन छलफल भएको प्रधानमन्त्री प्रचन्डको दाबी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चीनसंग आर्थिक पारबहन र वान बेल्ट वान रोडमा गहन छलफल भएको प्रधानमन्त्री प्रचन्डको दाबी



काठमाडौं १६ चैत ।  एक हप्ते चीनको औपचारिक भ्रमण सकाएर प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किए लगतै त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै, दाहालले बैशाख ३१ गतेको स्थानीय निर्वाचन अब जसरी पनि भएरै छोड्ने बताएका छन् ।

“अब पनि चुनाव हुँदैन कि भन्ने प्रश्न नगर्न उनले संचारकर्मीलाई आग्रह गरे । हामी मधेसी मोर्चालाई समेतको चुनावमा सहभागितामा गराउने गरी प्रयत्नरत छौँ उनेल भने ।

प्रधानमन्त्री दाहालले सहमति भएका विषयमा अहिले नै र नभएका विषयमा केन्द्रीय चुनाव अघि संविधान संशोधन गरेरै भएपनि मधेशी मोर्चालाई चुनावमा ल्यराइने उनको धारणा थियो ।

उनले आफ्नो चीन भ्रमण अत्यन्तै सफल भएको र चीनसंग आर्थिक पारबहन र वान बेल्ट वान रोडमा गहन छलफल भएको समेत दाबी गरे ।

प्रकाशित : १६ चैत्र २०७३, बुधबार १०:०२