चिरख्वा खोला हाइड्रोपावरले बनायाे सेयरधनीकाे हातखाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चिरख्वा खोला हाइड्रोपावरले बनायाे सेयरधनीकाे हातखाली



काठमाडौँ । चिरख्वा खोला हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । २७ जेठमा बसेको कम्पनी सञ्चालक समिति बैठकले २३ असारमा पाँचौँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन गरेपछि आह्वान गरेको पहिलो साधारण सभा भएकाले सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने गरी दुई सञ्चालक समेत चयन गर्ने छ ।

कम्पनीको साधारण सभामा सञ्चालक समिति अध्यक्षले प्रस्तुत गर्ने २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिने छ । त्यस्तै सोही आवको वार्षिक वित्तीय विवरण समेत पारित गर्ने प्रस्ताव साधारण सभामा छ ।

कम्पनीको ठेगाना परिवर्तन तथा प्रबन्ध पत्र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव रहेको जनाइएको छ । साधारण सभाका लागि १२ असारमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने कम्पनीले जनाएको छ ।

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार १२:५८