राष्ट्र बैंकका दुई विकास ऋणपत्र नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

राष्ट्र बैंकका दुई विकास ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल राष्ट्र बैंकका दुई विकास ऋणपत्र सूचीकृत भएका छन् । राष्ट्र बैंकले विभिन्न मितिमा निष्काशन गरेका १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्कासन गरेका ५ अर्बको विकास ऋणपत्र ‘एनपीडीबी०८०३२०८९(२०८९०३) र १० अर्बको ‘एनपीडीबी०६०५२०८७(२०८७०५) नेप्सेमा सूचीकृत भएको हो ।

एनपीडीबी ०८०३२०८९ ऋणपत्रको वार्षिक ब्याजदर ५.३९ प्रतिशत रहेको छ । सो ऋणपत्र २०८१ वैशाख २० गते निष्काशन भएर नेप्सेमा सूचीकृत भएका हो भने यस ऋणपत्रको भुक्तानी २०८९ वैशाख २० गते रहेको छ ।

त्यस्तै एनपीडीबी ०६०५२०८७ ऋणपत्रको वार्षिक ब्याजदर ५.१७ प्रतिशत रहेको छ । २०८१ जेठ ७ गते निष्काशन भएको यो विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएको हो र यस ऋणपत्रको भुक्तानी २०८७ जेठ ७ गते रहेको छ ।

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार १२:४६