महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४ सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४ सम्पन्न



काठमाडौं । महालक्ष्मी विकास बैंकको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४ संस्करण ३ का विजेताहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

जेठ २२ गते मंगलबारदेखि २४ गते बिहीबारसम्म इमाडोलस्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एन्ड एकेडेमीमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने आइसिएफसी फाइनान्स लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंक, द्वितीय आइसिएफसी फाइनान्स, उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक डाली, उत्कृष्ट विकेट–किपर माछापुच्छ्रे बैंकका निशेष केसी, उत्कृष्ट बलर एभरेस्ट बैंकका रोशन महत, उत्कृष्ट ब्याट्सम्यान एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट खेलाडी आइसिएफसी फाइनान्सका सुरज तिमिल्सिनालाई ट्रफी प्रदान गरिएको छ।

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४ संस्करण ३ का सम्पूर्ण प्रायोजकहरू, सहभागी बैंक तथा वित्तीय संस्थाहरू, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कार्यक्रम सम्पन्न गर्न सहयोग गरेका व्यक्ति–संस्थाहरूलाई बैैंकले आभार व्यक्त गरेको छ।

प्रकाशित : २७ जेष्ठ २०८१, आईतवार १५:१६