स्थिरीकरण कोष स्थापनाको दोस्रो वर्षमा प्रवेश,योगदान रकम २० करोड नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्थिरीकरण कोष स्थापनाको दोस्रो वर्षमा प्रवेश,योगदान रकम २० करोड नाघ्यो



काठमाडाैं । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको छ । सहकारी ऐन २०७४ को दफा १०३ बमोजिम २०७९ जेठ २७ गते बिधिवत रुपमा नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट कोष खडा भएको थियो ।

स्थापनाको दोस्रोमा आईपुग्दा कोषमा ३१० संघ/संस्थाहरु आवद्ध भएका छन् । उक्त सहकारीहरुबाट २० करोड ७३ लाख ७३ हजार २ सय ११ रुपैयाँ योगदान भएको स्थिरीकरण कोषका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष ढकालले कोषमा आवद्ध ३१० संघ/संस्थाहरुको जोखिमबाट संरक्षण गरी सदस्यहरुको बचत सुरक्षाका लागि कोषको तर्फबाट प्रतिबद्धता जाहेर गरेका छन् । साथै कोषमा आवद्ध हुन बाँकी अभियानलाई तत्काल कोषमा आवद्धताका लागि अनुरोध रमेत अध्यक्ष ढकालले गरेका छन् ।

हालसम्म कोषमा ३०४ प्रारम्भिक सहकारी संस्था र ६ वटा संघहरु (नेफ्स्कून सहित) रहेका छन् ।

प्रकाशित : २७ जेष्ठ २०८१, आईतवार ११:२७