सुनको मूल्यले बनायाे नयाँ रेकर्ड, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यले बनायाे नयाँ रेकर्ड, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन तोलामा १८ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने बढेर नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक हजार रुपैयाँले बढ्दै प्रतितोला एक लाख ४५ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि एक हजार रुपैयाँले बढ्दै प्रतितोला एक लाख ४४ हजार ३ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४३ हजार ३ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ५० रुपैयाँले बढ्दै प्रतितोला एक हजार नाौं सय रुपैयाँ कायम भएको छ ।

प्रकाशित : २५ जेष्ठ २०८१, शुक्रबार ११:०५