महालक्ष्मी विकास बैंकद्वारा आफ्नो हरित पर्यावरणीय योजनाको निरन्तरता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

महालक्ष्मी विकास बैंकद्वारा आफ्नो हरित पर्यावरणीय योजनाको निरन्तरता



काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गर्नका लागि आफ्नो ३०औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ ।

सोही अनुरुप बैंकले दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याईसकेको छ र हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यका साथ कार्यालयमा प्रयोग हुने सवारीहरुमा क्रमश विद्युतीय गाडीहरुको प्रयोग बढाउँदै जानेछ ।

यस्ता कार्यक्रमहरुले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवर्द्धन तथा दिगो विकासमा टेवा पु(याउने विश्वास बैंकले लिएको छ ।

बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर यही जेठ २२ गते मंगलबार देखि २५ गते बिहिबारसम्म ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२४’ ललितपुरको इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना गरिरहेको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाएका छन् ।

विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ७ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

प्रकाशित : २३ जेष्ठ २०८१, बुधबार १५:४४