२०२३ को वातावरण पत्रकारिता पुरस्कार पत्रकार बसन्तप्रताप सिंहलाई प्रदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

२०२३ को वातावरण पत्रकारिता पुरस्कार पत्रकार बसन्तप्रताप सिंहलाई प्रदान



काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह ९नेवापस० ले यस वर्षको वातावरण पत्रकारिता पुरस्कार वसन्तप्रताप सिंहलाई दिने भएको छ । कान्तिपुर दैनिकमा कार्यरत सिंह वातावरण क्षेत्रमा निरन्तर खोजमूलक समाचार लेख्दै आएका छन् ।

समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२३ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएकाे जनाएकाे छ ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२३ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष अर्जुन ढकालको संयोजकत्वमा समूहका पूर्व महासचिव संगीता लामा र विज्ञसदस्य सरिता ज्ञवाली सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको शिफारिसका आधारमा पुरस्कार दिने निर्णय गरिएको हो ।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२३’ पाउने उनी ३७ औँ पत्रकार हुन । उनलाई समूहको आगामी साधारण सभामा पुरस्कार हस्तान्तरण गरिने नेवापसले जनाएको छ ।

प्रकाशित : २३ जेष्ठ २०८१, बुधबार १३:१४