सेयर बजारमा सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सेयर बजारमा सामान्य सुधार



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ६.२२ अंकले बढेर परिसूचक २०८५.३० बिन्दु कायम भएको छ।

आज ३१५ कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर चार अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँ सेयर किनबेच भएको छ । कारोबारमा १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको मूल्य घटेको छ ।

कारोबारमा जलविद्यूत समूह र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १.३२, विकास बैंक २३.१८, वित्त ६.४२, जीवन बिमा ४८.३७, उत्पादन तथा प्रशोधन ६६.४३, निर्जीबन बिमा ५९.६४, ट्रेडिङ समूहको उपसूचक ७९.३४ अंकले बढेको छ ।

कारोबारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैैंक, माहुली लघुवित्त, हिमालयन लघुवित्त, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छ्न् ।

कारोबारमा बुद्धभुमी नेपाल हाईड्रोपावर, इस्टर्न हाईड्रोपावर, गणपति लघुवित्त, उपकार लोहर खोला हाईड्रो पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा सिईडीबी हाईड्रोपावर पहिलो स्थानमा रहेको छ । कम्पनीको २० करोड ९२ लाख ४२ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २२ जेष्ठ २०८१, मंगलवार १६:२७