युनाइटेड मेवा खोला हाइड्रोपावरले आइपीओ जारी गर्ने, साधारण सभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

युनाइटेड मेवा खोला हाइड्रोपावरले आइपीओ जारी गर्ने, साधारण सभा आह्वान



काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आगामी असार ६ गते बिहीबार डाकेको प्रथम वार्षिक साधारण सभामा सर्वसाधारणमा आईपीओ निष्कासन सम्बन्धि प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारित गर्ने भएको हो ।

कम्पनी सञ्चालक समितिको बैठकले सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा असार ६ गते बिहान ११ बजे सुरु हुने जनाएको छ ।

सभाले सञ्चालक समितिको बैठकबाट अनुमोदित लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरण उपर छलफल भई निर्णय गर्नेछ ।

आव २०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती तथा निजको पारिश्रमिक पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

साथै, कम्पनीको चुक्ता पुँजीभन्दा बढी लिएको ऋणको अनुमोदन तथा थप ऋणको सम्बन्धमा छलफल हुने कार्यक्रम सभाका लागि तय भएको छ । पूँजी संरचना संशोधनका सम्बन्धमा आवश्यक छलफल तथा निर्णय पनि सभाले गर्नेछ ।

प्रकाशित : २२ जेष्ठ २०८१, मंगलवार १४:५७