हरित सवारी साधनको प्रयोगमा प्रोत्साहन गर्दै चन्द्रागिरि साकोस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हरित सवारी साधनको प्रयोगमा प्रोत्साहन गर्दै चन्द्रागिरि साकोस



काठमाडाै । चन्द्रागिरि साकोसले सदस्यहरुमा हरित सवारी साधनको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले सफा चार्जिङ्ग एण्ड सर्भिस स्टेशन प्रा.ली. सातदोबाटो संग सम्झौत गरि हरित सवारी साधन ऋण अन्तर्गत सफा टेम्पोमा लगानी गर्ने भएको छ । कम पुँजी भएका वर्गमा रोजगारी सृजना गर्न प्रोत्साहित गर्ने र वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले न्यून ब्याजदर र शुल्कमा चन्द्रागरि साकोसले यो ऋण प्रोडक्ट सुरुवात गरेको हो ।

ईमाडोल रत्नपार्क, लगनखेल बानेश्वर, लगनखेल डल्लु हुँदै सञ्चालन हुने ४१ वटा लिथियम आयन रिचार्जेवल ब्याट्रिबाट सञ्चालित सफा टेम्पोमा रु ४ करोड सम्म १२% व्याजदरमा लगानी गर्ने सम्बन्धी सम्झौता पत्रमा आज चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र सफा चार्जिङ्ग एण्ड सर्भिस स्टेशन प्रा.ली. का सञ्चालक रामहरि न्यौपाने विच हस्ताक्षर भएको छ ।

चन्द्रागिरि साकोसले सफा टेम्पोका सञ्चालक वा मालिकहरुलाई प्रतिव्यक्ति रु. १० लाखमा नबढाई उक्त ऋण लगानी गर्नेछ । यस ऋण प्रोडक्टबाट सफा चार्जिङ्ग एण्ड सर्भिस स्टेशनका सञ्चालक र सफा टेम्पोका मालिकहरुलाई लाभ पुग्ने संस्थाले विश्वास लिएको छ । संस्थामा तरलताको अनुपात मजबुत भएको कारणले कुल ऋण पोर्टफोलियोको निश्चित प्रतिशत ऋण सहुलियत गरी विपन्न वर्गसम्म पुग्न र दिगो विकास लक्ष्य अनुरुप वातावरण संरक्षणमा योगदान पुर्याउन पनि चन्द्रागिरि साकोसको यो सेवा सफल हुने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित : २१ जेष्ठ २०८१, सोमबार १६:५८