वाणिज्य बैंक र विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

वाणिज्य बैंक र विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण



काठमाडौं । नेपाल बीमा प्राधिकरणले वाणिज्य बैंक र विकास बैंकमा लगानी गर्ने भएको छ । प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

प्राधिकरणले प्राधिकरणसँग भएको बैंक मौज्दात लगानी नीतिअनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको जनाएको छ । यद्यपि, के कति रकम लगानी गर्ने भन्ने खुलाएको छैन ।

जसका लागि इच्छुक बैंकहरुलाई आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी सात दिनभित्र सिलबन्दी दरभाउपत्र पेस गर्न प्राधिकरणले आह्वान गरेको छ ।

मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा/नोक्सान, बैंकको सक्रिय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पर्याप्त पुँजी कोष लगायतका विवरणहरु उल्लेख गरी सिलबन्दी दरभाउपत्र पेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

प्रकाशित : २१ जेष्ठ २०८१, सोमबार १४:००