हिमालयन बैंकको विराटनगर शाखा स्थानान्तर गरी राेडशेष चाेकमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हिमालयन बैंकको विराटनगर शाखा स्थानान्तर गरी राेडशेष चाेकमा



काठमाडाैं । हिमालयन बैंकले विराटनगरको रोडशेष चोक शाखा सञ्चालनमा ल्याएको छ । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु समायोजन गर्ने क्रममा विराटनगर शाखा – २ लाई स्थानान्तरण गरी विराटनगर महानगरपालिका वडा नं १२ रोडशेष चोकमा सञ्चालनमा ल्याएको हो ।

बैंकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङ्गका अध्यक्ष राकेश सुराणा तथा बैंककका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले गरेका थिए ।

हाल बैंकले १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६,५०० भन्दा बढी पीओएस र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २१ जेष्ठ २०८१, सोमबार ११:१७