सहकारीको अरबौं रकम ठग्ने १६/१७ वटा ग्यांग छ, जति शक्तिशाली भएपनि अब कारबाही हुन्छ : गगन थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारीको अरबौं रकम ठग्ने १६/१७ वटा ग्यांग छ, जति शक्तिशाली भएपनि अब कारबाही हुन्छ : गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको अरबौं रकम ठग्ने १६/१७ वटा ग्यांग र गिरोह रहेको बताएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् ।

सहकारी ठगहरुको सन्दर्भमा जति शक्तिशाली भएपनि अब कारबाही हुने थापाले बताए ।

उनले भने,‘ सूर्यदर्शनलगायत सहकारीबाट गोरखा मिडियामा गएको पैसा । गोरखा मिडियाका जिबी, छवि होस कि रवि, दोषी देखिए कानूनबमोजिम कारबाही गर्न सिफारिश गर्छ । नखाएको हो भने विष लाग्नुहुँदैन् । सहकारीको अरबौं रकम ठग्ने १६/१७ वटा ग्यांग र गिरोह छ । सदनलाई ढाँट्ने प्रहरी महानिरीक्षक होस वा महान्यायाधिवक्ता होस, यो समितिले कारबाही गर्छ ।’

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनेपछि आफूहरुको माग जायज रहेको कुरा पुष्टि भएको उनले बताए । कतिपय सहकारीले राम्रो काम गरेको पनि उनले दृष्टान्त सुनाए ।

थापाले भने–‘सहकारी ठगी प्रकरणबारे हामीले प्रधानमन्त्रीको जवाफ मागेका थियौं । उहाँको जवाफ चित्तबुझ्दो थिएन । हामीले संसदीय छानबिन समिति नै माग्यौं । जेठ १५ गते संसदीय समिति बनेको छ । हाम्रो जायज माग सम्बोधन भएको भए संसद् अवरुद्ध पनि हुनेथिएन । अहिले समिति बनेको छ ।’

कतिपय सहकारीले राम्रो काम गरेको पनि उनले दृष्टान्त सुनाए । अहिले बनेको संसदीय समितिले राम्रो काम गर्दागर्दैपनि किन सहकारी संकटमा परे ? भन्ने विषयमा पनि अध्ययन गर्ने उनको भनाई छ । उनले संसदीय छानबिन समितिले दोषी कसैलाई पनि उन्मुक्ति नदिने स्पष्ट पारेका छन् ।

प्रकाशित : २० जेष्ठ २०८१, आईतवार १३:१८