काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई दिईएको छ । बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले जेठ १७ गतेदेखि लागू हुने गरी डा. अधिकारीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेका हुन् ।
यसअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले बोर्डको प्रवक्ताको जिम्मेवारी पूरा गर्दै आएका थिए । २०७९ पुस ४ गतेदेखि श्रेष्ठले पूरा गर्दै आएको जिम्मेवारी डा. अधिकारीलाई प्रदान गरिएको हो ।
Comment