थप २५ अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

थप २५ अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार पनि २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बिहीबार मात्रै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ५० तरलता प्रशोचन गरेको केन्द्रीय बैंकले दोस्रो दिन पुनः २५ अर्ब रुपैयाँ तान्न लागेको हो ।

निक्षेप संकलन उपकरणमार्फत सात दिने अवधिका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्न लागिएको केन्द्रीय बैंकले सूचनामार्फत उल्लेख गरेको छ ।

पछिल्लो समयमा केन्द्रीय बैंकले रिभर्स रिपो उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार १२:४४