काठमाडौं, १६ चैत । बुटवल पावर कम्पनी लिमिटेड (Butwal Power Company Limited.) ले फरदर पब्लिक अफरिङ (FPO) निष्काशनको अनुमतिका लागि धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले ४० लाख ८१ हजार कित्ता शेयर जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ४ हजार ५० कित्ता स्थानीय बासिन्दाका लागि छुट्याएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३७० रुपैयाँ प्रिमियम थप गरी ४७० रुपैयाँ प्रतिकित्ता एफपिओ निष्काशन गर्ने भएको हो ।
शेयर निष्काशनका लागि कम्पनीले यसअघिनै एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
Comment