सेयर बजारमा १९.८९ अंककाे गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सेयर बजारमा १९.८९ अंककाे गिरावट



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १९.८९ अंक घटेर २०६९.५३ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.९० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७६ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन चार अर्ब ५७ करोडको सेयर कारोबार भएको बजारमा आज ३११ कम्पनीको चार अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ बराबरको ९८ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

त्यस्तै आज नेपाल फाइनान्स, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने आज पोखरा फाइनान्सको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस फाइनान्सको आज १९ करोड ४५ लाख ७० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : १७ जेष्ठ २०८१, बिहीबार १५:५१