वैदेशिक रोजगार बीमालेखबाट १० महिनामा साढे दुई अर्बको बीमाशुल्क संकलन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

वैदेशिक रोजगार बीमालेखबाट १० महिनामा साढे दुई अर्बको बीमाशुल्क संकलन



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा वैदेशिक रोजगार बीमालेखबाट दुई अर्ब ५८ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १० वटा जीवन बीमा कम्पनीले २० लाख ७० हजार २६२ जना सक्रिय बीमालेख मार्फत साे बराबरकाे बीमा शुल्क आर्जन गरेका हुन् ।

वैदेशिक रोजगार बीमालेखबाट बैशाख महिनामा मात्रै ७१ हजार बीमालेख मार्फत २९ करोड ७१ लाख ७१ हजार रुपैंयाको कुल बीमाशुल्क आर्जन गरेका छन् ।

विवरण अनुसार यो १० महिनासम्ममा वैदेशिक रोजगार बीमालेखबाट सबैभन्दा बढी व्यापार गर्नेमा सन नेपाल लाइफ रहेको छ। यो कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेखबाट ६४ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी दोस्रोमा नेपाल लाइफ रहेको छ। नेपाल लाइफले वैदेशिक रोजगार बीमालेखबाट ५४ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा रहेको आइएमई लाइफले ३० करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी वैशाखसम्म वैदेशिक रोजगार बीमालेखबाट एसियन लाइफले २५ करोड १ लाख रुपैयाँ, नेसनल लाइफले २३ करोड १२ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १८ करोड ८० लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १५ करोड ७१ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १७ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

साथै, सिटिजन लाइफले आठ करोड ६५ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १७ लाख ७९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रकाशित : १७ जेष्ठ २०८१, बिहीबार १३:४२