द्धारपालेश्वर साना किसान कृषि सहकारी संस्था ७ औं बर्षमा प्रबेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

द्धारपालेश्वर साना किसान कृषि सहकारी संस्था ७ औं बर्षमा प्रबेश



काठमाडौं । द्धारपालेश्वर साना किसान कृषि सहकारी संस्था ७ औं बर्षमा प्रबेश गरेको छ । बनेपाको नाला ४ मा रहेको उक्त सहकारी संस्था जेठ १७ गते ६ औ बर्ष पुरा गरी ७ औं बर्षमा प्रबेश गरेको हो ।

संस्थाका अध्यक्ष रमेश जंग मग्रातीले यस सुखद् अवसरमा संचालनको छोटो अवधिमै अग्रणी कृषि सहकारी संस्थाको रुपमा स्थापित हुन निरन्तर सहयोग गर्ने शेयर सदस्य, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण समिति, उप-समिति र कर्मचारी तथा शुभचिन्तक प्रति विशेष धन्यवाद व्यक्त गरेका छन् ।

साथै उनले संस्थालाई मार्ग निर्देशन प्रदान गर्ने नियमक निकाय संस्थापक एवं शुभेच्छुकहरु प्रति आभार प्रकट गर्दै आगामि दिनमा अझ विश्वसनिय भरपर्दो छिटो छरितो, व्यवस्थित एवं प्रविधि मैत्रि सहकारी सेवा प्रदान गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित : १७ जेष्ठ २०८१, बिहीबार १२:५०