एनआईसी एशिया लघुवित्तको सञ्चालकमा सिग्देल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा सिग्देल नियुक्त



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मिलन सिग्देल नियुक्त भएका छन् । एनआईसी लघुवित्तको संस्थापक एनआईसी एशिया बैंकको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नव नियुक्त सञ्चालक सिग्देलले संस्थाका अध्यक्ष सुवर्ण पौडेल समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । करीब १० वर्ष भन्दा बढीको लेखापरीक्षण, बीमा तथा वित्तीय क्षेत्रमा कार्यानुभव भएको मिलन सिग्डेल पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।

प्रकाशित : १३ जेष्ठ २०८१, आईतवार १६:३४