कामना सेवा विकास बैंक र रुपन्देही सिटी एण्ड डाइग्नोसिस सेन्टरबीच छुट सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कामना सेवा विकास बैंक र रुपन्देही सिटी एण्ड डाइग्नोसिस सेन्टरबीच छुट सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित रुपन्देही सिटी एण्ड डाइग्नोसिस सेन्टर प्रा.लि सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त डाइगोनोसिस सेन्टरले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त रुपन्देही सिटी एण्ड डाइग्नोसिस सेन्टर प्रा.लि मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

प्रकाशित : 26 May, 2024 12:38 pm