कर्मचारी कटाैतीको तयारीमा एसबीआई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कर्मचारी कटाैतीको तयारीमा एसबीआई



काठमाडाै १४ चैत । भारतको सबैभन्दा ठूलो बैंक एसबीआईले आगामी दुई वर्षमा आफ्नो कर्मचारीको ठूलो  संख्यामा कटौति गर्नसक्ने खबर भारतीय सञ्चारमाध्यमहरुले प्रकाशित गरेका छन् । स्टेट बैंक अफ इण्डिया(एसबीआई)मा ६ बैंकको मर्जरपछि त्यहाँ रहेका कर्मचारी समेत थपिएका कारण यहाँ कर्मचारी संख्या निकै अधिक हुनेछ । मिडिया रिपोर्टमा जनाइएअनुसार ६ बैंकको एसबीआईमा बिलयपछि नयाँ कर्मचारी भर्नाको काम रोकिनेछ भने सँगै डिजिटाइजेसनलाई बढावा दिनेछ ।

एसबीआईका महाप्रबन्धक रजनिशकुमारले भारतीय मिडियाहरुले भनेका छन्–‘समयसँगै काम गर्ने कर्मचारीको संख्यामा समेत कमी आउनेछ । आगामी दुई वर्षमा हामीले हाम्रो कर्मचारी संख्यामा १० प्रतिशतसम्मको कटौति हुनसक्छ ।’ एसबीआई बैंकमा हाल २ लाख ७ हजार कर्मचारी कार्यरत छन् । १ अप्रीलपछि ६ बैंक पनि एसबीआईमा मर्जर भएपछि बन्ने बैंकमा कर्मचारीको कुल संख्या २ लाख ७७ हजार हुनेछ । २ वर्षपछि यो संख्या २ लाख ६० हजारमा सीमित हुने बैंक अधिकारीको भनाई छ । एसबीआईमा बीकानेर एवम् जयपुर स्टेट बैंक, मैसुर स्टेट बैंक, त्रावणकोर स्टेट बैंक, पटियाला स्टेट बैंक, हैदराबाद स्टेट बैंक तथा भारतीय महिला बैंकको बिलयपछि एसबीआईमा करिब ७० हजार कर्मचारी थपिनेछन् ।

बैंकले धेरै भएको जनशक्तिको कटौतीका लागि ऐच्छिक अवकाश नीति समेत ल्याउनेछ । यसबाहेक बैंकले निर्ममतापूर्वक सयौं कर्मचारीको समेत छटनी गर्नेछ । त्यसपछि प्रत्येक साल जागिर छाड्ने, सेवानिवृत हुने वा ऐच्छिक अवकाश लिनेहरुलाई बैंकले कुनै क्षतिपूर्ति उपलब्ध गराउनेछैन । एउटै जिम्मेवारीको उही पदमा काम गर्नेहरु कटौतिको पहिलो निशानामा हुनेछन् । त्यसपछि बैंकले फिल्ड कर्मचारीको रुपमा धेरैलाई खटाउनसक्ने बताइएको छ । यो बीचमा बैंकले शाखा सञ्जाल बिस्तारको कार्यलाई समेत तीव्र पार्नेछ ।

प्रकाशित : १४ चैत्र २०७३, सोमबार ०८:३५