सुनकाे मुल्य तोलामा १८ सय रुपै‌याले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य तोलामा १८ सय रुपै‌याले घट्याे



काठमाडौं । शुक्रबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख ३८ हजार ५० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १८ सय ५५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला १८ सय ६५ रुपैयाँ कायम रहेको छ ।

प्रकाशित : ११ जेष्ठ २०८१, शुक्रबार ११:२६