काठमाडौं । आगामी जेठ २५ गते शुक्रबार नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्ने भएको छ ।
कम्पनीले यो वर्ष सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल र चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण हुनेछ ।
सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व पर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गर्ने भएको छ ।
Comment