सिटिजन्स बैंकका ग्राहकले न्यूरो कार्डियोमा छुट पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन्स बैंकका ग्राहकले न्यूरो कार्डियोमा छुट पाउने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनका ग्राहकले बिराटनगर स्थित न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र अस्पताल बीच यस विषयमा सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हस्पिटलका सेवाहरुमा १०% सम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित : १० जेष्ठ २०८१, बिहीबार ११:०७