सांग्रिला डेभलपमेन्ट बैंकद्धारा तेस्रो सांग्रिला साइकल -यालीको लागि रजिष्ट्रेशन खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा तेस्रो सांग्रिला साइकल -यालीको लागि रजिष्ट्रेशन खुल्ला



काठमाडौँ । विश्व वातावरण दिवसका अवसरमा जेठ १९ शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बैंक लि ले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी तथा अन्य संध संस्थाहरुसँगको सहकार्यमा साइकल र्याली आयोजना गर्न भएको छ ।

सो साइकल र्यालीमा सहभागी हुन चाहने इच्छुकहरुले जेठ १६ गते सम्म लिंक https://www.shangrilabank.com/cyclerally/ मा निशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्ने सकिन्छ ।

उक्त साइकल (याली २०८१ जेठ १९ गते बिहान ७ः०० बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगी समापन गरिने जनाइएको छ ।

यस साइकल र्यालीमा सांग्रिला डेभलपमेन्ट बैंक लि ले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुर्याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ “Save Fuel, Save Environment ” भन्ने नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिदैं आइरहेको छ ।

सो साइकल र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यमानी एक जना सहभागीहरुलाई साइकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित : ९ जेष्ठ २०८१, बुधबार १४:४३