नेपाल पुनर्बिमा कम्पनी ४७ करोड ५६ लाख घाटामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाल पुनर्बिमा कम्पनी ४७ करोड ५६ लाख घाटामा



काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले ४७ करोड ५६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसैअवधिमा यसले १८ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यसैगरी यसअवधिमा खुद बिमा शुल्क आम्दानी एक अर्ब २८ करोड २० लाख रुपैयाँ कायम भएको छ भने लगानी तथा कर्जामा हुने आम्दानी ४० करोड ९७ लाख रुपैयाँ कायम भएको छ ।

यस कम्पनीको विभिन्न शीर्षकमा खर्च बढेको छ । जसकारण नेपाल रिले घाटा व्यहोरेको हो । यसको कुल खर्च एक अर्ब ७९ करोडबाट बढेर दुूई अर्ब २१ करोड पुगेको छ ।

चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार रुपैयाँ रहेको नेपाल रिको रिटेन्ड अर्निङमा १९ करोड ६९ लाख जम्मा छ । प्रतिसेयर आम्दानी ३.७१ रुपैयाँ नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ भने १३९.१४ रुपैयाँ रहेको छ ।

प्रकाशित : ९ जेष्ठ २०८१, बुधबार १२:३९